दफा २९
सहजीकरण समिति
(१) नियम २८ बमोजिम अन्य निकायको व्यवस्थापन सूचना प्रणालीमा कार्यालयको पहुँच कायम गर्नका लागि आवश्यक सहजीकरण गर्न देहाय बमोजिमको एक सहजीकरण समिति रहनेछ:-
(क) प्रमुख तथ्याङ्क अधिकारी - संयोजक
(ख) सम्बन्धित व्यवस्थापन सूचना प्रणाली सञ्चालन काल गर्ने निकायका प्रमुख
(ग) कार्यालयको सम्बन्धित महाशाखा प्रमुख
(घ) कार्यालयको व्यवस्थापन सूचना प्रणाली सम्बन्धी विषय हेर्ने शाखा प्रमुख सदस्य-सचिव
(२) उपनियम (१) बमोजिमको समितिको बैठकमा आवश्यकता अनुसार विषय विज्ञलाई आमन्त्रण गर्न सकिनेछ।
(३) उपनियम (१) बमोजिमको समितिको बैठकसम्बन्धी अन्य कार्यविधि सो समिति आफैँले निर्धारण गरेबमोजिम हुनेछ।